document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 849;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- भारतीय सैनिकहरुले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा फरक–फरक स्थान हुँदै सीमा पार गरेको भारतस्थित चिनियाँ दूतावासले जनाएको छ । चीनले औपचारिक रुपबाटै सीमानाका सैनिकहरुलाई नियन्त्रण गर्न भारतसँग आग्रह गरेको चिनियाँ दूतावासलेट्वीटरमा लेखेको छ ।
त्यस्तै, दूतावासका प्रवक्ता जी रोंगले भारत–चीनबीचको सीमा सहमतिलाई ३१ अगस्टमा भारतीय सैनिकहरुले उल्लंघन गरेको दाबी गरेका छन् ।
भारतले पंन्गोंग त्सोको दक्षिण किनार र पश्चिमी सेक्टरस्थित रेकिन पास नजिक सिमा उल्लंघन गरेको उनको दाबी छ । चीनले भारतसँग सीमावर्ती सैनिकहरुलाई नियन्त्रण राख्न, विगतका प्रतिवद्धताहरुको सम्मान गर्न, अवैध रुपले सिमा पार गर्ने सैनिकहरुलाई फिर्ता बोलाउन र तनाव बढ्ने खालका सबै काम कारबाही रोक्न पनि आग्रह गरेको छ ।
यता, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले शीर्ष अधिकारीहरुसँग भारत–चीन सीमा स्थितीबारे समिक्षा गरेका छन् । यसअघि चिनियाँ सैनिकले पूर्वी लद्दाखमा सहमति उल्लंघन गरेको आरोप सोमबार भारतले लगाएको थियो । सोमबार पिआईबीका तर्फबाट जारी भारतीय सेनाको विज्ञप्तिमा भनिएको थियो, ‘भारतीय सैनिकले पन्गोङ्ग त्सो लेकमा चिनियाँ सैनिकको कदम रोकेको छ । भारतीय सेना संवादमार्फत शान्ति बहाल गर्ने पक्षधर हो । तर यसका साथै आफ्नो इलाकाको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ ।’
भारत र चीनबीचको ३५ सय किलोमिटर लामो सीमारेखा छ । दुुई पक्षबीच सीमामा पटक – पटक विवाद देखिने गरेको छ । पछिल्लो पटक लद्दाखको गलवान घाटीमा १५ जुनमा दुुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए । त्यसयता, दुुई पक्षबीच पटक–पटक वार्ता भएपनि तनाव साम्य भइसकेको छैन ।









