विशेष रिपोर्ट

कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

657 Shares काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा […]
[sharethis-inline-buttons]
कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन् ।

उनका अनुसार सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर