document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 78;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
३० असार, काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा दलित युवक हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् ।
प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो ।
सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।









