काठमाडौं- नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १११ संक्रमित थपिएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।