- फुलगेन मगही
ढल्केवर— लामोसमय विवादित पालिकाको रुपमा परिचित धनुषाको लक्ष्मीनिया गाउँपालिकाले आफ्नो पहिचान फेर्न अग्रसर छ । पालिकाको प्रशासनिक बागडोर राजगीर महतोले सम्हालेपछि उनको सक्रियताले गाउँपालिकाका सबै कार्यहरुले गति लिएको छ ।
केहीसमय अघि मात्रै महतो पालिकामा हाजिर भएपछि आफ्नो विशेष पहलमा जनप्रतिनिधिबीचको विवादलाई साम्य पारी बजेट पारित गराउन सफल भएको थियो । प्रमुख प्रशासकिय अधिकृत महतो त्यस सफलताको चौतर्फी प्रशंसा भयो ।
महतोले प्रशासनिक कार्यक्षेत्रमा आफ्नो अपूर्व सक्रियता र समर्पण देखाएका छन् । उनले गाउँपालिकाका सबै कार्यहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेका छन् । उनको नेतृत्वमा प्रशासनिक गतिविधिहरूमा सुधार आएको पालिकाका कर्मचारीहरु बताउँछन् ।
प्रमुख प्रशासकिय अधिकृत महतोले नियमित कार्यसम्पादनको अनुगमनमा मात्र होइन, गाउँपालिकाका विभिन्न योजनाहरूको निरन्तर अवलोकन र व्यवस्थापनमा पनि अत्यधिक ध्यान दिएका छन् ।

केहीदिन अघिमात्रै महतोले पालिकाभित्रका आकस्मिक स्वास्थ्य चौकीहरुमा गरेको रात्रिकालिन अनुगमनले विशेष चर्चा र सराहना प्राप्त बटुलिरहेको छ ।
महतोको यस सक्रियताले गाउँपालिका क्षेत्रमा सबै स्तरका नागरिकहरूमा सकारात्मक प्रभाव पु¥याएको स्थानीयहरु बताउँछन् ।










