- फुलगेन मगही
ढल्केवर— निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेस प्रदेश कमिटीको अध्यक्षमा गणेशकुमार साह निर्वाचित भएका छन् ।
शनिवार धनुषाको लालगढमा प्याब्सन मधेस प्रदेशको चौथो अधिवेशनबाट अध्यक्षमा धनुषाका साह निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र ठाकुर(रौतहट), उपाध्यक्षमा अरुण देव(सप्तरी) र पुरण प्रधान(पर्सा) निर्वाचित भएका छन् । सचिवमा लालबाबु राय(सिरहा), कोषाध्यक्षमा उज्जवल शर्मा(सर्लाही) र सहसचिवमा सिंहेश्वर पासवान(सिरहा) निर्वाचित भएको प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार रामवरण यादव, पुरुषोत्तम बुढाथोकी, शिवचरण साह, पूर्णबहादुर लामा निर्वाचित भएका हुन् ।










