विशेष रिपोर्ट

प्याब्सनको मधेस प्रदेश कमिटीको अध्यक्षमा गणेश साह निर्वाचित

657 Shares ढल्केवर— निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेस प्रदेश कमिटीको अध्यक्षमा गणेशकुमार साह निर्वाचित भएका छन् । शनिवार धनुषाको लालगढमा प्याब्सन मधेस […]
[sharethis-inline-buttons]
प्याब्सनको मधेस प्रदेश कमिटीको अध्यक्षमा गणेश साह निर्वाचित
657
Shares
  • फुलगेन मगही

ढल्केवर— निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेस प्रदेश कमिटीको अध्यक्षमा गणेशकुमार साह निर्वाचित भएका छन् ।

शनिवार धनुषाको लालगढमा प्याब्सन मधेस प्रदेशको चौथो अधिवेशनबाट अध्यक्षमा धनुषाका साह निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र ठाकुर(रौतहट), उपाध्यक्षमा अरुण देव(सप्तरी) र पुरण प्रधान(पर्सा) निर्वाचित भएका छन् । सचिवमा लालबाबु राय(सिरहा), कोषाध्यक्षमा उज्जवल शर्मा(सर्लाही) र सहसचिवमा सिंहेश्वर पासवान(सिरहा) निर्वाचित भएको प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार रामवरण यादव, पुरुषोत्तम बुढाथोकी, शिवचरण साह, पूर्णबहादुर लामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर