धनुषा— चर्चित गायक विजय दासको ‘देखादेएक बेर तु अपन सुरत गे’ मगही गीत सार्वजनिक भएको छ ।
गायक दासकै शब्द, संगीत र स्वर रहेको उक्त मगही गीतको भिडियो शनिवार अप्पन मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडियोमा रामकिशोर, काजल, राजु र सुर्या राउतले अभिनय गरेका छन् ।
भर्साटाइल गायकका रुपमा परिचित दासको एकपछि अर्को गीतले चर्चा बटुलिरहेको छ । उनको जादुमय आवाजका धेरै फ्यान रहेका छन् ।









