विशेष रिपोर्ट

कांग्रेसको गढ धनुषाधाम–१ मा माओवादीका केवट निर्वाचित

657 Shares धनुषा — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले जारी गरेको मतपरिणामअनुसार धनुषाधाम […]
[sharethis-inline-buttons]
कांग्रेसको गढ धनुषाधाम–१ मा माओवादीका केवट निर्वाचित
657
Shares

धनुषा — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको मतपरिणामअनुसार धनुषाधाम १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शुनीलकापर केवट निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार वडाअध्यक्षमा निर्वाचित केवटले ६ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका थिए ।

तेस्रो नम्बरमा रहेका जसपा, नेपालका उम्मेदवार अजयकुमार यादवले ४ सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका प्रमोद यादवले ३ सय ६५ मत प्राप्त गरे ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर