विशेष रिपोर्ट

नेपाल सद्भावना पार्टीको अध्यक्षमा रामकुमार महतो निर्वाचित

657 Shares धनुषा— नेपाल सद्भावना पार्टीको अध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् । जनकपुरधाममा सम्पन्न नेपाल सद्भावना पार्टीको सातौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा महतोलाई निर्वाचित गरेका हो […]
[sharethis-inline-buttons]
नेपाल सद्भावना पार्टीको अध्यक्षमा रामकुमार महतो निर्वाचित
रामकुमार महतो । फाइल फोटो
657
Shares

धनुषा— नेपाल सद्भावना पार्टीको अध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् । जनकपुरधाममा सम्पन्न नेपाल सद्भावना पार्टीको सातौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा महतोलाई निर्वाचित गरेका हो ।

मंसिर १ देखि चलेको महाधिवेशनले अध्यक्ष महतोसहित ११ सदस्यीय केन्द्रीय पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ। वरिष्ठ नेतामा सरिता गिरी, सहअध्यक्षमा कालीपद शर्मा, उपाध्यक्षहरूमा रमेश प्रसाद सिंह, कामदेव झा र इन्दिरा पाल निर्वाचित भएका छन् । यस्तै महासचिवमा पवन कुमार साह, कोषाध्यक्षमा फुलप्रास देवी निर्वाचित भएका हुन् ।

त्यसैगरी सह महासचिवहरू सविता कुमारी, सुजय कुमार झा र त्रिभुवन कुमार महतो रहेका छन् । यस्तै महाधिवेशनबाट १९ सदस्यीय कार्यकारिणी समिति पनि निर्वाचित भएको छ । कार्यकारिणी सदस्यहरूमा अमर यादव, मंगल महतो, सुष्मा सहनी, रामनारायण मेहता, कामदेव झा, गणेशकुमार झा, सरस्वतीकुमारी झा, बालबोध झा, पवन कुमार साह, रामबाबु महतो कोइरी, बिनादेवी राय लगायतका छन् ।

महाधिवेशन सम्पन्नपश्चात नेपाल सद्भावना पार्टीले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष महतोले महाधिवेशनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, स्थानीय तहमा दलविहीन निर्वाचन प्रणाली, प्रदेशहरूको संरचना हेरफेर गरी पहिचानसहितको अधिकारसहितको स्वायत्त प्रदेश स्थापना, संघीय गणतान्त्रिक हिन्दू राष्ट्रको पुनर्स्थापना लगायतको मागलाई अनुमोदन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर