ढल्केवर— बाढीले वितण्डा मचाएको खोलाको मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले स्थलगत निरीक्षण गरेका छन् । शनिवार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुखसहितका प्राविधिक टोलीलाई लिएर मन्त्री साहले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित बसही खोलाको निरीक्षण गरेका हुन् ।

गत साता परेको अविरल बर्षासँगै आएको बाढीले श्रीपुर गाउँका मात्रै करिब दुई विघा जग्गा कटान गरेको हो । त्यहाँका किसाले उब्जाउने खेतीयोग्य जग्गा अहिले खोला बनेको छ ।

निरीक्षणका क्रममा मन्त्री साहसहितका टोलीले पिडित किसानको गुनासाहरु सुनेका थिए । किसानहरुले खेतीयोग्य जमिन कटान गरेपछिको पीडा मन्त्री साहलाई सुनाएका थिए । वडाध्यक्ष रामचन्द्र महतोले पनि बसही खोला र किसानको वस्तुगत स्थितीको बिषयमा ब्रिफिङ गरेका थिए ।

स्थलगत निरीक्षणपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं मन्त्री साहले किसानको जमिन रक्षा गर्न आफू र प्रदेश सरकार पनि गम्भिर रहेको उल्लेख गरे । उनले नदी नियन्त्रणका उपायका विषयमा चाँडै छलफल गरेर योजनाबद्ध तरिकाले काम गर्ने तयारीका लागि नै स्थलगत निरीक्षण गरेको उनको भनाइ थियो ।

निरीक्षण टोलीमा रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुख बेचन महतोले खेतीयोग्य जमिन कटान समस्याको मुख जड चुरेको अवैध दोहन रहेको बताए । अहिले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेर त्यसका विषयमा गम्भिर छलफल गरिने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय