document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 706;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ताका लागि निषेधज्ञा थप गरेको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आईतबार मध्यराति १२ः०० बजे देखि भदौँ १४ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ को ६९३० अनुसार सो आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने समेत प्रजिअ भट्टराईले जानकारी दिए ।
व्यापार तथा व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने र क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने आग्रह समेत उनले गरे । धनुषामा अहिलेसम्म कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको निषेधाज्ञाको अवधिलाई एक साताको लागि थपेको छ ।

धनुषामा अहिलेसम्म १ हजार २ सय ३१ जना संक्रमित छन् भने १० जनाको मृत्युसमेत भइसकेको छ । त्यस्तै ४ सय ४० जना सक्रिय संक्रमितमध्ये ८० जना आइसोलेसनमा छ भने ३ सय ६० जना होम आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
साभारः रातोपाटी









