ढल्केवर— धनुषामा विश्वकर्मा एकता समाजको तदर्थ समिति गठन गरिएको छ । शनिवार धनुषाको ढल्केवरमा विश्वकर्मा समाजको जिल्ला भेलाले सुमन विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा काजीमान विश्वकर्मा, उपाध्यक्षमा नारायण विश्वकर्मा, महिला उपाध्यक्षमा निरकुमारी विश्वकर्मा, महासचिवमा मेघ सेन्चुरी, सचिवमा शंकर विश्वकर्मा र कोषाध्यक्षमा सुनिता लोहनी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भरत विश्वकर्मा, कृष्ण विश्वकर्मा, उमेशजंग गजमेर, चन्द्र बराइली, भिमबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, प्रमिला विश्वकर्मा, सरोज दुलाल, धनकुमारी विश्वकर्मालगायतलाई भेलाबाट चयन गरिएको महासचिव मेघ सेन्चुरीले जानकारी दिए ।

प्रेमबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको भेलामा गायक रुद्रसेन विश्वकर्मा, सुरतलाल विश्वकर्मा, राजकुमार विश्वकर्मालगायत जिल्लाका विभिन्न स्थानबाट विश्वकर्मा समाजका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भेलाले विश्वकर्मा समाजको हक अधिकार र न्यायका लागि सधै तत्पर रहने बचनबद्धता गरेको महासचिव सेन्चुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय