• फुलगेन मगही

ढल्केवर— मगही भाषाका वरिष्ठ साहित्यकार तथा लेखक उपेन्द दासको ‘बुद्धको जीवनी’ पुस्तक बिमोचन गरिएको छ । मगही भाषामा अनुवाद गरिएको पुस्तक ‘बुद्धके जीवनी’ नामको पुस्तक शनिवार बिमोचन गरिएको हो ।

जनकपुरधामको राष्ट्रिय तत्मा नेपाल समितिको सभाहलमा राम आशिष दासको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा.बीरबहादुर महतो, कलाकार पुष्पा यादव लगायतका अतिथीले उक्त पुस्तक बिमोचन गरेका हुन् ।

कार्यक्रमलाई साम्बोधन गर्दै डा. वीरबहादुर महतोले मगही भाषा उत्थानमा यस पुस्तकले ठूलो बल पुगेको र दस्ताबेजमा सहयोग भएको बताए ।

बिजय कुमार दासले सञ्चालन गरेको उक्त कार्यक्रममा मगही भाषाका कवि मुरली प्रसाद यादव, सूर्या राउत, कैलाश कुमार दास, भरत लाल मगही, राजदेव दास, पवन साहलगायतका ब्यक्ति तथा भाषा अभियानीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय