धनुषा— नेपाल सरकारका पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहासहित विभिन्न पार्टीका दुई दर्जन बढी केन्द्रिय नेताहरु नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष एवं नेपाल सरकारका पूर्व राज्यमन्त्री गोविन्द प्रसाद चौधरी (नवलपरासी), नेपाल समाजवादी पार्टीका महासचिव सुरेन्द्र कुमार पटेल (नवलपरासी), उक्त पार्टीका केन्द्रीय सदस्यहरु पिताम्बर महतो, ओम थनेत (पूर्वी परासी), सन्जु चौधरी रुपन्देही, प्रभा चौधरी (दाङ्ग), मञ्जु चौधरी लुम्बिनी प्रदेश अध्यक्ष छन् ।



यस्तै लोसपा नेपालका केन्द्रीय सदस्यहरु ओम प्रकाश गुप्ता (दाङ्ग), रामबाबु सिंह (महोतरी) र नाउपाका केन्द्रीय सदस्य रामकुमार चौधरी (बर्दिया), नेसपाका नेताहरु सुभाषचन्द्र कौशल, देवेन्द्र चौधरी, सञ्जु चौधरी (नवलपरासी) र तत्कालीन राजापा नेपालका केन्द्रीय सदस्यहरु त्रिनारायण राजवंशी (झापा), जिपी सिंह (सप्तरी), जयदेव चौधरी (कैलाली) प्रवेश गरेको पार्टीका अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार पार्टी प्रवेश गरेका पूर्वमन्त्री रामचन्द्र कुशवाहाको समर्थकहरु पर्साबाट अशोक प्रसाद कुशवाह, महन्था महतो, हर्दियानन्द महतो, प्रवीण मेहता, हरि प्रसाद शाह, रामशकल महतोलगायत अधिक संख्यामा नेता कार्यकर्ताहरु पार्टीमा भित्रिएका छन् । उनीहरुलाई अध्यक्ष महतोले पार्टीमा स्वागत गरेका हुन् । नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाल सद्भावना पार्टीका पूर्व अध्यक्ष सरिता गिरीलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय भएको नेपाल सद्भावना पार्टीले जनाएको छ ।
पार्टीका अध्यक्ष महतोले एक विज्ञप्ती जारी गर्दै मधेसका विभिन्न जिल्लाहरु महोत्तरीको मटिहानी नगरपालिका, सप्तरीको महादेवा गाउँपालिका लगायत विभिन्न स्थानहरुमा भीषण आगलागीबाट व्यापक जनधनको क्षति भएकोमा नेपाल सद्भावना पार्टी परिवारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भीषण आगलागीबाट पीडित जनसमुदायमा सम्बन्धित निकाय गम्भीर नदेखिएको उनीहरुको ठहर छ । भीषण आगलागीबाट कठिनाईका सामना गरिरहेका जनसमुदायहरुलाई यथाशीघ्र गाँस, बास, कपास लगायतको उचित क्षतिपूर्ति लगायत राहतको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग जोरदार माग गर्ने र भिषण आगलागीबाट पीडित जनताहरुमा विभिन्न दात्री निकाय संघ÷संस्था एवं सहयोगी व्याक्तीहरुमा यथा सम्भव सक्दो सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष महतोले पार्टीका नेता कार्यकर्ताहरुलाई उक्त स्थानमा आवश्यक राहतलगायतको सहयोगमा जुटन निर्देशन दिइएको बताए ।









