विशेष रिपोर्ट

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

657 Shares काठमाडौं- नेपालमा थप ८३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा […]
[sharethis-inline-buttons]
थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं- नेपालमा थप ८३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८३८ संक्रमित थपिएका हुन् । जसमा २९२ महिला र ५४६ पुरुष रहेका छन् ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २५० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत ८ रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर