विशेष रिपोर्ट

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

657 Shares काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले शुक्रबार प्रेस विज्ञप्ति जारी […]
[sharethis-inline-buttons]
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका दुई जनाको मृत्यु भएको जनाएको छ ।

केन्द्रका अनुसार उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो। उनी भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

उनलाई पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डा.रवि शाक्यले बताए ।

त्यस्तै, पाटन अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको पनि शुक्रबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ । उनी साउन ३१ गते पाटन अस्पताल भर्ना भएका थिए । उनलाई भने कोरोनाबाहेक अन्य रोग नदेखिएको निर्देशक डा.शाक्यले बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर