विशेष रिपोर्ट

ट्राफिकले भोजपुरी स्टार अक्षरालाई नेपाली बोल्न सिकाएको भिडियो भाइरल

657 Shares काठमाडौं— चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् । […]
[sharethis-inline-buttons]
ट्राफिकले भोजपुरी स्टार अक्षरालाई नेपाली बोल्न सिकाएको भिडियो भाइरल
657
Shares

काठमाडौं— चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् ।

भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल छ । उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल रमाइलो लागेको बताएकी छन् ।

भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ । उनलाई भाषा सिकाउन नेपाली प्रहरीले पनि सघाएका छन् । भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरुसँग साह्रै खुशि लाग्यो । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि भनेकी छन् ।

उक्त एस्पोमा अक्षरलाई हेर्न दर्शकको भीड उर्लिएको थियो । जहाँ उनले चर्चित भोजपुरी गीतमा नृत्य प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । नेपालको मधेश प्रदेशमा अक्षराको ठूलो फ्यान फलोइङ छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर