ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको प्रमुख केन्द्र ढल्केवरमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुन लागेको छ ।

ढल्केवरका करिव आधा दर्जन सक्रिय संघसंस्थाहरुको आयोजनामा शनिवार(भोली) बृहत रक्तदान कार्यक्रम हुन लागेको हो ।अस्पताल तथा ब्लड बैंकहरुमा देखिएको रगत अभावलाई मध्यनजर गरेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको मिथिला नगर पत्रकार संजाल ढल्केवरले जनाएको छ ।

मिथिला उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाई उपभोक्त समिति ढल्केवर, लायन्स क्लव अफ मिथिला, मिथिला ब्याडमिन्टन क्लव, मिथिला युवा संजाल, मधेस प्रदेश उद्योग परिसंघ र मिथिला नगर पत्रकार संजालको संयुक्त आयोजनामा शनिवार बृहत रक्तदान कार्यक्रम गर्न लागिएको मधेस प्रदेश उद्योग परिसंघका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए ।

रक्तदान कार्यक्रम शनिवार बिहान ८ बजेदेखि ढल्केवरको पूर्वचौकमा राखिएको अध्यक्ष साहले बताए । उनले रक्तदान जस्तो मानवीय कार्यमा अधिक भन्दा अधिक सहभागीताका लागि अपिल समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय