विशेष रिपोर्ट

डमी ट्राफिकको झुत्रो पोसाक

657 Shares ढल्केबर— पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएको ट्राफिक डमीको अवस्था बेहाल छ । सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उद्देश्यले राखिएको […]
[sharethis-inline-buttons]
डमी ट्राफिकको झुत्रो पोसाक
तस्बिर : विजयकुमार साह
657
Shares

ढल्केबर— पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएको ट्राफिक डमीको अवस्था बेहाल छ । सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उद्देश्यले राखिएको ट्राफिक डमीको अवस्था बेहाल देखिएको हो ।

डमीलाई लगाइदिएको ट्राफिक प्रहरीकै टोपी, पेटी, टाई र पोसाकको रङ्ग खुइलिएर छ । घाम पानीको असरले ट्राफिक डमीको पोसाकको रङ्ग खुइलिएको एक जना ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक डमी देखेपछि सवारी नियमको सम्झना हुने र सवारी साधनको गति नियन्त्रण गर्न चालकलाई दबाब पुग्ने विश्वासले तीन वर्षअघि राजमार्ग छेउमा सो डमी राखिएको थियो ।

कोरोना महामारीका बेला सडकमा खटिने ट्राफिक प्रहरी क्वारेनटिन र आइसोलेसनमा बस्नुपरेकाले दैनिक कार्यमा जनशक्ति अभाव भएपछि ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन सडकमा ट्राफिक डमी राख्ने अभियान चलाएको थियो ।

सोही अभियानअन्तर्गत धनुषा ट्राफिक प्रहरीले सचेतनाका साथै दुर्घटना न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा डमी राखेको थियो । सो डमीहरूको ट्राफिक पोसाक धुलो मैला समेत भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले एक/दुई दिनमै ट्राफिक डमीको पोसाक परिवर्तन गरिने बताए । गोरखापत्र अनलाइन

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर