विशेष रिपोर्ट

थुनुवासहित फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ

657 Shares काठमाडौँ— लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको […]
[sharethis-inline-buttons]
थुनुवासहित फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ
657
Shares

काठमाडौँ— लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो ।

उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत गरी हिरासतमा रहेका लागूऔषध अपराधका थुनुवालाई भगाएका थिए । त्यसवापत् उनले ६ लाख २५ हजार रुपैयाँ लिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टाबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । डिएसपी अनिल घिमिरेका अनुसार कार्यालयले यादवलाई शुक्रबारै प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने डिएसपी घिमिरेले बताए । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पाइएको प्रहरीले जनाएको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर