विशेष रिपोर्ट

पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न महासंघको सातदिने अल्टिमेटम

657 Shares महोत्तरी— नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आफ्ना सचिव राजकरण महतोमाथि काठमाडौंमा भएको भेद्भावजन्य दुव्र्यवहार घटनामा संलग्नलाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएको छ । […]
[sharethis-inline-buttons]
पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न महासंघको सातदिने अल्टिमेटम
657
Shares

महोत्तरी— नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आफ्ना सचिव राजकरण महतोमाथि काठमाडौंमा भएको भेद्भावजन्य दुव्र्यवहार घटनामा संलग्नलाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएको छ ।

बुधवार बसेको कार्यसमिमितको बैठकबाट सचिव महतोमाथि भएको दुव्र्यवहार घटनाको दोषी उपर कारबाही गर्न सम्बद्ध निकायलाई सातदिने अल्टिमेटम दिने निर्णय भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए । उनका अनुसार सो समायवधिभित्र दोषीमाथि कारबाहीअघि नबढाए संघर्षका कार्यक्रम गर्ने कार्यसमितिबाट निर्णय भएको छ ।

यसअघि शाखाले घटना लगत्तै विज्ञप्ती निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको थियो । ‘घटना भएको तिनदिन बितिसक्दा पनि दोषीलाई पहिचान र पक्राउ गरिएको छैन । यसले अनेकन आशंका उत्पन्न भएको हाम्रो ठहर छ,’ कार्यसमितिको बैठकपश्चात सहसचिव महतोले भने ‘आजको मितिले सातदिनभित्र दोषी उपर कारबाही प्रक्रिया अघि नबढाए संघर्षमा उत्रिन्छौं । ’

आईतबार पत्रकार महतो कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्डक्टर र चालकले पत्रकार महतोलाई भेद्भावजन्य दुव्र्यवहार गरेका थिए । ती गाडीका कर्मचारीहरुले बिनाकारण ‘भैंया’ भनेर अभद्र व्यवहारसँगै गालीगलोज गर्दै उनीमाथि कुटपिटको प्रयास समेत गरेका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर