• फुलगेन मगही

धनुषा— सामाजिक संजाल टिकटकमा अहिलेको अवस्थामा मानिसहरु विभिन्न व्यापार व्यवसायदेखी लिएर आफ्नो पसलको प्रचार प्रसार गर्नेको भीड दरो जुटेको छ । अश्लीलताको त ओइरो नै लागेको देखिन्छ ।

तर आज म कुरा गर्छु धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वार्ड नम्बर –१ सोनापुर बस्ने ५ वर्षिय सतिस कुमार दासको । यतिबेला सतिस टिक टकमा भाइरल बनेको छ । कारण हो उसको तोतेबोली र कुनै पनि शब्दलाई सहज ढंगले बोल्ने कला । उसको घरपरिवारको अवस्था निकै दैनिय भएपनि सतिसले आफू भविष्यमा कलाकार बन्ने सोच राखेको छ । यता उसको बुवा अरुण कुमार दास घर बनाउने राज मिस्त्री हुन् । उनले सुरु–सुरुमा आफ्नो टिकटकमा छोराको भिडियो बनाएर आफ्नो टिकटकमा राख्ने गर्थे । अहिले त सतिसले सोनापुर गाउँ र बटेश्वर नाम चलाएको प्रति खुशी व्यक्त गर्छन ।

विशेष गरेर सतिसको खाली समयमा संदेश मूलक भिडियो र केही सकारात्मक विषममाथी टिप्पणी गरेर बोल्न लगाएर अश्लीलता फैलाउने माथि समेत धवा बोलेको हो । अहिलेको अवस्थामा सामाजिक संजालको दुरुपयोग देखेर अरुण कुमार दासले दुःखेसो पोखेका हुन् । सकारात्मक भिडियो बनाएर पनि चर्चामा आउन सक्ने उनको दाबी छ ।

अहिले सोनापुरलगायत जो कोही पनि सतिसको भिडियो हेरेर खुशी व्यक्त गर्छन् । कम उमेरमा यति लोकप्रियता हेरेर गाउँका मानिसहरु दंग छन् । सतिस दासको भिडियोले अश्लिल फैलाउनेलाई ठूलो तमाचा नै दिएको रोचक एण्ड घोचकका हास्यकलाकार प्रदिप कुमार सिंह बताउँछन् ।

जथाभावी भिडियो बनाउन थालेपछि सभ्य रुपमा कलाकारिता पेश अपनाएकाहरुलाई कठिन हुन थालेको छ । र अश्लीलताका कारण मानिस आफ्नो छोराछोरीलाई कलाकारिता पेसाबाट टाढा राख्ने गरेको उनले सुनाए । यसै क्रममा मगही भाषा अभियानी विजय कुमार दासका अनुसार सतिस बटेश्वरलाई मात्र नभइ समग्र मधेशलाई नै चिनाएको हुँदा यस प्रति प्रदेश सरकारले यस्ता गुणवान बच्चालाई ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय