विशेष रिपोर्ट

टिकटकमा जमेका सतिसको कलाकार बन्ने धोको

657 Shares फुलगेन मगही धनुषा— सामाजिक संजाल टिकटकमा अहिलेको अवस्थामा मानिसहरु विभिन्न व्यापार व्यवसायदेखी लिएर आफ्नो पसलको प्रचार प्रसार गर्नेको भीड दरो जुटेको छ । […]
[sharethis-inline-buttons]
टिकटकमा जमेका सतिसको कलाकार बन्ने धोको
657
Shares
  • फुलगेन मगही

धनुषा— सामाजिक संजाल टिकटकमा अहिलेको अवस्थामा मानिसहरु विभिन्न व्यापार व्यवसायदेखी लिएर आफ्नो पसलको प्रचार प्रसार गर्नेको भीड दरो जुटेको छ । अश्लीलताको त ओइरो नै लागेको देखिन्छ ।

तर आज म कुरा गर्छु धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वार्ड नम्बर –१ सोनापुर बस्ने ५ वर्षिय सतिस कुमार दासको । यतिबेला सतिस टिक टकमा भाइरल बनेको छ । कारण हो उसको तोतेबोली र कुनै पनि शब्दलाई सहज ढंगले बोल्ने कला । उसको घरपरिवारको अवस्था निकै दैनिय भएपनि सतिसले आफू भविष्यमा कलाकार बन्ने सोच राखेको छ । यता उसको बुवा अरुण कुमार दास घर बनाउने राज मिस्त्री हुन् । उनले सुरु–सुरुमा आफ्नो टिकटकमा छोराको भिडियो बनाएर आफ्नो टिकटकमा राख्ने गर्थे । अहिले त सतिसले सोनापुर गाउँ र बटेश्वर नाम चलाएको प्रति खुशी व्यक्त गर्छन ।

विशेष गरेर सतिसको खाली समयमा संदेश मूलक भिडियो र केही सकारात्मक विषममाथी टिप्पणी गरेर बोल्न लगाएर अश्लीलता फैलाउने माथि समेत धवा बोलेको हो । अहिलेको अवस्थामा सामाजिक संजालको दुरुपयोग देखेर अरुण कुमार दासले दुःखेसो पोखेका हुन् । सकारात्मक भिडियो बनाएर पनि चर्चामा आउन सक्ने उनको दाबी छ ।

अहिले सोनापुरलगायत जो कोही पनि सतिसको भिडियो हेरेर खुशी व्यक्त गर्छन् । कम उमेरमा यति लोकप्रियता हेरेर गाउँका मानिसहरु दंग छन् । सतिस दासको भिडियोले अश्लिल फैलाउनेलाई ठूलो तमाचा नै दिएको रोचक एण्ड घोचकका हास्यकलाकार प्रदिप कुमार सिंह बताउँछन् ।

जथाभावी भिडियो बनाउन थालेपछि सभ्य रुपमा कलाकारिता पेश अपनाएकाहरुलाई कठिन हुन थालेको छ । र अश्लीलताका कारण मानिस आफ्नो छोराछोरीलाई कलाकारिता पेसाबाट टाढा राख्ने गरेको उनले सुनाए । यसै क्रममा मगही भाषा अभियानी विजय कुमार दासका अनुसार सतिस बटेश्वरलाई मात्र नभइ समग्र मधेशलाई नै चिनाएको हुँदा यस प्रति प्रदेश सरकारले यस्ता गुणवान बच्चालाई ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर