फुलगेन मगही

ढल्केवर— मगही भाषा तथा पिछडावर्ग संस्कृति संरक्षक अभियानीहरुले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, गृह तथा सञ्चार भरत प्रसाद साह तथा जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साहसहितलाई अभियानीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणबाट निस्केको ¥याली प्रदेश प्रमुख ,मुख्यमन्त्री, गृह तथा सञ्चारमन्त्रीलाई पिछडावर्ग (ओबिसी) महासंघ लगायतका दर्जनौ अभियानीहरुले विभिन्न माग सहिको ज्ञापन पत्र बुझाएको मगही भाषा अभियानी मुरली प्रसाद यादवले बताए ।

पिछडावर्ग महासंघका सचिव परमेश्वर कापरीका अनुसार मगही भाषा संस्कृति विकासको लागि मगही भाषा संस्कृति विकास बोर्डको गठन हुनुपर्ने, प्राथमिक शिक्षामा मातृभाषा मगहीमा पठनपाठको व्यवस्था लागु हुनुपर्ने, मगही भाषाभाषीको पहिचान कायम हुनुपर्ने जस्ता माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै प्रदेशमा जितेका सांसदहरुलाई मगही भाषाभाषी प्रदेश सांसदहरुलाई आफ्नो मातृभाषा मगहीमा आउदो १५ प्रदेश सांसदको सपथ ग्रहन लिनका लागि अनुरोध समेत आग्रह गरेका छन् ।

ठेठी, देहाती, खिचडी, सोलकन, बोलीलाई मगही भाषा भनिन्छ । मगही भाषा संस्कृतिको धोती, कुर्ता, गमछा पगडी पहिचान हो भनेर मधेशको शान रहेकोले यसलाई संरक्षण गर्नुपर्ने जरूरी भएको मगही भाषा अभियानी दिपु कापरी जानकरी दिए ।

पिछडावर्ग जातजातीको पहिचानगरी उनीहरुको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन, र उत्थानको लागि गठित मधेश प्रदेश सरकारको उच्चस्तरीय सुझाव समितिको अध्यक्ष माननीय मन्त्री शैलेन्द्र साह ज्युको प्रतिवेदन सार्वजनिक गर भन्दै मगही अभियानी नाराबाजी समेत लगाएका थिए ।

पिछडावर्ग (ओबिसी) महासंघ नेपालका आयोजनामा भएको कार्यक्रम केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो, केन्द्रिय महासचिव परमेश्वर कापडी तथा ओबिसीका अगुवा नेता अम्भुप्रसाद साहको संयोजनमा भएको थिए । कार्यक्रममा विभिन्न जिल्लाका अभियानी सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip