विशेष रिपोर्ट

धनुषामा कांग्रेसका जिल्ला सभापति मेयरमा पराजित

657 Shares धनुषा— धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका सुखदेव यादव ६१३ मत […]
[sharethis-inline-buttons]
धनुषामा कांग्रेसका जिल्ला सभापति मेयरमा पराजित
क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार । तस्बिरः फाइल
657
Shares

धनुषा— धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका सुखदेव यादव ६१३ मत अन्तरले निर्वाचित भएका हुन्।

निवर्तमान मेयरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका यादवले ७ हजार ९१३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्धी कांग्रेसबाट उम्मेदवारी दिएका योगेन्द्र पजियार ७ हजार ३०० मत पाएका छन्। निवर्तमान मेयरसमेत रहेका उनी कांग्रेस धनुषाको १४ औं अधिवेशनबाट निर्वाचित पार्टीका जिल्ला सभापति हुन्।

अघिल्लो चुनावमा कांग्रेसबाट पजियार ५ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। उनले संघिय समाजवादी फोरमबाट उम्मेदवार बनेका सुखदेवलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका थिए। केही महिना अघि मात्र सुखदेवलाई एमाले सचिव रघुविर महासेठले पहल गरेर एमालेमा ल्याएका थिए।

नवनिर्वाचित मेयर सुखदेव यादव

यता उपमेयरमा भने कांग्रेसकी रचना माथेमा दोहोरिएकी छिन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। माथेमाले ७ हजार ५५० मत पाएकी छन्। उनको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याएर झिनो मत अन्तरले पराजित भएकी हुन्। २०७४ सालको स्थानीय तहको चुनावमा माथेमाले नेकपा एमालेकी यसोधा यादवलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी थिइन्।

१० वटा वडा रहेको क्षिरेश्वरनाथ नगरपालिकामा यसपटकको चुनावमा ८ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जित निकालेको छ। अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर