विशेष रिपोर्ट

मिथिलाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

657 Shares ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित […]
[sharethis-inline-buttons]
मिथिलाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
657
Shares

ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन्।

निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन्।

त्यसैगरी उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन्।

उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन्।

२०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो। यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि चुनावमा पार्टीले हार व्यहोर्नु परेको मेयरका प्रत्यासी राजाराम पक्षको आरोप छ।

११ वटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँचवटा वडामा नेकपा एमाले, चारवटामा नेपाली कांग्रेस र दुईवटा वडामा नेकपा एकीकृत समाजवादीले जितेको छ।

अघिल्लो पटक मिथिला नगरपालिकाको मेयरमा हरिनारायण महतो निर्वाचित भएका थिए। उनी यो निर्वाचनबाट फेरि मेयरमा दोहोरिने दाउमा थिए। तर मेयरको उम्मेदवारका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजारामलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका थिए। हरिनारायण पक्षले अन्तरघात गरेकै कारण मेयर पदमा एमाले झिनो मतान्तरले पराजित भएको राजाराम पक्षले आरोप लगाउन थालेका हुन्। 

मेयरमा नवनिर्वाचित महतो नेपाल प्रहरीको सेवाबाट अवकाश हुन तीन वर्ष बाँकी रहँदै काठमाडौं महानगर प्रहरीको नायब उपरीक्षक (डीएसपी) पदबाट २०७९ वैशाख ५ गते राजीनामा दिएका थिए। उनको राजीनामा प्रहरी संगठनले बैशाख ८ गते स्वीकृत गरेको थियो।

उनको राजीनामा स्वीकृत भएको ४ दिनपछि वैशाख १२ गते मिथिला नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका महतो निकै रस्साकस्सीकाबीच निर्वाचित भएका छन्। अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर