विशेष रिपोर्ट

धनुषाको ढल्केवरमा युवकको शव फेला

657 Shares ढल्केवर— धनुषामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमवार बिहान मिथिला नगरपालिका–६ ढल्केवरमा स्थानीय २५ बर्षीय विनोद कुमार यादव झुण्डिएको […]
[sharethis-inline-buttons]
धनुषाको ढल्केवरमा युवकको शव फेला
657
Shares

ढल्केवर— धनुषामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमवार बिहान मिथिला नगरपालिका–६ ढल्केवरमा स्थानीय २५ बर्षीय विनोद कुमार यादव झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत ढल्केवरस्थित रहेको मिथिला हार्डवेयरको पछाडीको बगैचामा रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकले आत्महत्या नै गरेको देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा प्रेम सम्बन्धको विषय बाहिर आएको छ । घटनाको थप अनुसन्धानको शिलशिलमा दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक सिंहले भने ।

युवकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । द पब्लिक टुडे

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर