ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्रको घरदैलो कार्यक्रम शुरु गरेको छ ।
मिथिला नगरपालिाकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनका तर्फबाट मेयर पदका संयुक्त उम्मेदवार रामकुमार महतो घरदैलो अभियानमा जुटेका हुन् । अगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा आफु र उपमेयरमा मनुमाया मोक्तानसहित गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई मतदान गर्न उम्मेदवार महतो जनताको घरदैलोमा पुग्न थालेका छन् ।
मिथिला नगरपालिका भित्र रहेका संयौ सुकुम्वासी भूमिहीन गरिबहरु रहेकाले नगरभित्रका थुप्रै ऐलानी जग्गाहरुमा तिनको व्यवस्थापन गर्ने, लालपूर्जा दिने वतावरण बनाउने, औद्योगिकीकरणको व्यवस्थापन जस्ता एजेण्डा आफ्नो रहेको उम्मेदवार महतोको भनाइ छ ।








