विशेष रिपोर्ट

जनकपुरधाममा कांग्रेसले खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध निर्वाचित

657 Shares जनकपुरधाम— जनकपुरधाम  उप-महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् । जनकपुरधाम  उप–महानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसबाट दलित […]
[sharethis-inline-buttons]
जनकपुरधाममा कांग्रेसले खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध निर्वाचित
657
Shares

जनकपुरधाम— जनकपुरधाम  उप-महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।

जनकपुरधाम  उप–महानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर