document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 582;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरीमा निषेधाज्ञा जारी गरिएको छ ।
आगामी भदौ १० गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू हुनेछ ।
पछिल्लो समय कोरोना संक्रमणको थप जोखिम बढ्दै गएका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा लगाइएको थियो ।










