ढल्केवर— आसन्न स्थानीय तह निर्वाचनमा धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् ।

मेयर र उपमेयरमा साँझा उम्मेदवार बनाउने सहमति गरेका दुवै पार्टीका उम्मेदवारले ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शुक्रबार अन्तिम समयमा मनोनयन फिर्ता लिएका हुन् ।

जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार चन्देश्वर महतो र माओवादीका उपमेयरका उम्मेदवारबिमला अधिकारीको मनोनयन फिर्ता भएको हो । माओवादीले मेयरमा रामकुमार महतो र उपमेयरमा जसपाले मनुमाया मोक्तानदाई उम्मेदवार बनाएका छन् ।

माओवादीले ११ वटा वडामध्ये मेयरसहित ६ वटा वडा पाएका छन भने जसपाले उपमेयरसहित ५ वटा वडा पाएका छन् । जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ भने माओवादी केन्द्रले वडा नं। ३,७,८,९,१० र ११ नम्बर वडा पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय