एजेन्सी— युक्रेनमाथि रुसले हमला गरेको आज चौथो दिन हो । युक्रेनका कयौँ शहरमा भीषण युद्ध जारी रहेको छ । यसबीच संयुक्त राष्ट्रले अनुसार युक्रेनमा अहिलेसम्म कूल २४० जना आम नागरिक हताहत भएका छन् भने ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

हमलाको कारण भवन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यसकारण हजारौँ मानिस बत्ती र पानी बिना बाँच्न बाध्य बनेका छन् । संयुक्त राष्ट्रका अनुसार १ लाख ६० हजारभन्दा बढी नागरिकले युक्रेनमा आफ्नो घर छाडिसकेका छन् । आन्तरिकरुपमा विस्थापित भएका उनीहरू अन्तर्राष्ट्रिय सीमाबाट देश छाड्ने प्रयास गरिरहेका छन् ।

युक्रेन सरकारका अनुसार रुसको हमलाको कारणले ठूलो शरणार्थी सङ्कट पैदा हुन सक्छ । रुसको आक्रमणले ५० लाखलाई शरणार्थी बनाउन सक्ने सरकारको अनुमान छ । अन्तर्राष्ट्रिय सीमामा देश छाड्नका लागि १५ किलोमिटर लामो लाइन देखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय