काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

मंगलबार हेटौंडा पुगेर अध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताएका हुन् ।

विज्ञप्ति सार्वजनिक गर्दै थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको बताएका छन् ।

नेता राजाराम बर्तौलाका अनुसार मंगलबार हेटौंडा पुगेर आफ्ना समर्थकका साथ उनले यस्तो घोषणा गरेका हुन् । पार्टीबाट अलग भए पनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको उनले विज्ञप्तिमा प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय