document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 554;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- कोरोनाभाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ ।
पूर्व भारतीय क्रिकेटर समेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।
चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।
उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।
यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।









