महोत्तरी— महोत्तरीमा पिकअपको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

गएराति सोनमा गाउँपालिका–३ स्थित सडकमा पिकअपले ठक्कर दिँदा साइकलयात्रीको ज्यान गएको हो । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए।

हुलाकी सडकखण्ड अन्तर्गत सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज १ च ११६४ नंको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना पश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको महोत्तरी प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Skip