document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5361;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा— डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले एक मालबाहक ट्रकमा आगजनी गरेको छ ।
सोमवार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ क ७७६९ नम्बरको मालबाहक ट्रकमा जनमत पार्टीका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट ट्रकको अगाडीको भाग जलेर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । ट्रकमा लोड कबाडीको सामान भने सुरक्षित रहेको उनले बताए ।
ट्रकमा आगजनी गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले जनाए । उनका अनुसार पक्राउ पर्नेमा ओम विक्रम कुशवाहा, चन्द्र कुमार साह र नविन पण्डित रहेका छ । कुशवाहा जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष हुन् भने साह र पण्डित पार्टीका सामान्य कार्यकर्ता रहेको खुलेको प्रहरीको भनाई छ ।
पक्राउ परेका तीनैजनामाथि अपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरी निरीक्षक सुवेदीले बताए ।
आइतवार मात्र धनुषाको पोर्ताहामा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा जनमत पार्टीका आधा दर्जन कार्यकर्ता घाइते भएका थिए । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका सिके राउतका कार्यकर्तामाथि प्रहरीले बन्द सडक खुलाउन ११ राउण्ड सर्ट गन (रबरको गोली) चलाएको थियो ।
यसअघि पनि जनमतका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मधेशको विभिन्न जिल्लामा राजमार्गमै ट्रक जलाएका थिए । पार्टीले किसान आन्दोलनको नाउमा पुस १५ गतेबाट अनिश्चितकालीन तराई मधेसको दिवाकालीन चक्काजाम आह्वान गरेको छ ।









