काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६४१ संक्रमित थपिएका हुन् । जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म देशभर सक्रिय संक्रमितको  संख्या ९ हजार २२१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय