ढल्केवर— विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य मिश्रीलाल मण्डलसहित दर्जर्नौ नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाल सद्भावना पार्टीमा भित्रिएका हुन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मण्डलसँगै अरुण झा, सुरेन्द्र दास, रामचन्द्र भण्डारी, दशैं मण्डललगायतका नेताहरु पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय महासचिव नागेन्द्र कुमार सिंहले जानकारी दिए ।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले माला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई सम्कोधन गर्दै अध्यक्ष महतोले मधेशीलगायत उत्पीडित समुदायको हक अधिकारका लागि लड्ने एकमात्र पार्टी नेपाल सद्भावना पार्टी रहेको दावी गरे ।

सोही कार्यक्रमकै बीच अध्यक्ष महतोले नवप्रवेशी मण्डललाई केन्द्रिय उपाध्यक्षमा मनोनित गरेको पार्टीका प्रवक्ता पवन कुमार साहले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip