सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको जनायो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।