विशेष रिपोर्ट

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

657 Shares धनुषा— बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्रयाक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरका […]
[sharethis-inline-buttons]
ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

धनुषा— बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्रयाक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरका चालक धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७ नयाँबजारका २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ ।

लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर