ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा दलित संजाल गठन गरिएको छ ।
शनिवार दलित अगुवाहरुको भेलाले अमर बहादुर परियारको अध्यक्षतामा २१ सदस्यीय समिति रहने गरी दलित संजाल गठन गरेको हो ।
गठित संजालको बरिष्ठ उपाध्यक्षमा काजीमान विश्वकर्मा, उपाध्यक्षमा रितु विश्वकर्मा, सचिवमा मेघबहादुर सेन्चुरी, उपसचिवमा रामकुमार विश्वकर्मा, कोषाध्यक्षमा विजय विश्वकर्मा र सहकोषाध्यक्षमा सुनिता विश्वकर्मा रहेका छन् ।
यस्तै सदस्यहरुमा विरबहादुर विक, उमेशजंग गजमेर, सोनुमाया परियार, सिंहवीर लामगादे, पार्वती विक, रामविनय महरा, सुहामाया परियारलगायतको रहेको सञ्जालले जनाएको छ ।
दलितको हकहित र अधिकारका लागि नगरस्तरीय संयुक्त दलित सञ्जाल गठन गरिएको नवगठित समितिका सचिव मेघबहादुर सेन्चुरीले जानकारी दिए ।








