विशेष रिपोर्ट

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या एक सय नाघ्यो

657 Shares काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य […]
[sharethis-inline-buttons]
नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या एक सय नाघ्यो

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषकाे उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको प्रवक्ता गाैतमले बताए ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर