काठमाडौं— श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस अवसरमा आज देशभर सार्वाजानिक विदा दिइएको छ ।

यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले गौरा पर्वप्रति पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा हामी बहुभाषा र संस्कृतिले जोडिएका छौँ भन्दै दुवै पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय