काठमाडाैं— नेकपा एमाले औपचारिक रूपमा फुटेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएपछि नेपाल पक्ष दल दर्ताका लागि बुधवारै आयोग पुगेको हो ।
एमाले समाजवादी दलमा नेता नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ ।
नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ भने चुनाव चिह्न प्रस्ताव गरिएको छैन ।
यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भए पनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई स्थगित गरिएको छ ।
एमाले एकताका लागि लामो प्रयास भएपनि अन्ततः पार्टी विभाजन भएको छ ।
पढ्नुहोस् केन्द्रीय कमिटीको नामावली –












