जनकपुरधाम— जनकपुरको जानकी मन्दिरको दक्षिण छेउमा रहेको होटेल गायत्री कुञ्जमा खेलिरहेका बालकमाथि निर्घात कुटपिट भएको छ ।
मंगलबार साँझ होटल संचालक अमरनाथ गुप्ताका कर्मचारीहरुले खेलिरहेका स्थानीय १३ वर्षीय बालक आदित्य ठाकुरमाथि निर्घात कुटपिट गरेका हुन् ।
लिफ्टमा खेलिरहेका बालक आदित्यलाई दुईजना कर्मचारीले लिफ्ट बन्द गरी बालकलाई मारसन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् ।
बालकलाई लिफ्टमा बन्द गरेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएका थिए । बालकका बुका संजय ठाकुरलाई समेत होटेलका कर्मचारीहरुले कुटेका छन् ।
होटेलका सञ्चालक गुप्ताकै निर्देशनमा छोरा र आफुमाथि कुटपिट गरिएको ठाकुरले बताए ।
घटना लगतै कुटपिट गरेको आरोपमा होटेलका सञ्चालक अमरनाथ गुप्ता, गुप्ताका कर्मचारी महोत्तरीको मनरा सिस्वा नगरपालिकाका ३३ वर्षीय राम पुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साभारः टुडेपाटी डटकम








