विशेष रिपोर्ट

निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुरको अध्यक्ष पद चट !

657 Shares काठमाडौं— निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ। उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरिएसँगै […]
[sharethis-inline-buttons]
निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुरको अध्यक्ष पद चट !
प्रतिकात्मक तस्बिर

काठमाडौं— निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ।

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरिएसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ।

जसपाको आधिकारिकता पाएको यादव पक्षले कार्यकारिणी समिति बैठकको निर्णय विवरण आयोगमा पठाएको थियो। त्यसलाई अभिलेखिकरण गरिएको पुष्टि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका छन्।

आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि अब ठाकुर समूहले अर्को विकल्प खोज्नुपर्ने भएको छ। जसपाको आधिकारिकतालाई लिएर ठाकुर समूह सर्वोच्च समेत गएको थियो।

तर सर्वोच्चले पनि आयोगकै निर्णयलाई अघि बढाएपछि ठाकुर समूह पार्टीविहीन भएको हो।

यससँगै अब महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष आजदेखि कानुनी रुपमै जसपाबाट बाहिरिएका छन्।

अहिले ठाकुर-महतो पक्ष नयाँ पार्टी निर्माणका लागि तराई-मधेस अभियानमा छ। खास गरी प्रदेश २ मा ठाकुर पक्षले कार्यकर्ता भेला गरिरहेको छ।

साभारः नेपालखबर डटकम

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर