ढल्केवर— धनुषाको ढल्केवरमा तीन पसलमा चोरी भएको छ ।

गएराति धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरचोकस्थित तीन पसलमा चोरी भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

स्थानीय रमन दासले सञ्चालन गरेको गुडिया किराना पसल, रामउदगार महतोले सञ्चालन गरेको शिखा किराना पसल र राैदी दासले सञ्चालन गरेको जडिबुटी पसलमा चोरी भएको बताइएको छ ।

पसलको छानोमा हालेको जस्तापाता हटाएर चोरी भएको रमन दासले बताए । उनले आफ्नो पसलबाट मात्रै नगद र सरसामान गरि करिब १० हजार बराबरको चोरी भएको बताए ।

यस्तै शिखा किराना पसलका सञ्चालक रामउदगार महतोले आफ्नो पसलबाट नगद, रिचार्ज कार्डलगायतका सरसामान गरि १५ हजार रूपैया बराबरको चोरी भएको बताएका छन् ।

चोरीको घटना जानकारी भएलगत्तै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष संतोष साहलगायत संघका पदाधिकारीहरू घटनास्थल पुगेर जानकारी लिएका थिए । उनीहरूले तत्कालै इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीलाई माैखिक ध्यानाकर्षण गराएका थिए ।

यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले घटना विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

पछिल्लो समय ढल्केवरमा चोरीको श्रृंखलाले यहाँका स्थानीय व्यापारी त्रसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय