काठमाडौं— पब्जी, फ्री फायरजस्ता एप्लिकेसनले बालबालिकालाई कुलतमा फसाएको भन्दै यस्ता एप्लिकेसनमाथि नेपालमा प्रतिबन्ध लगाउने आवाज उठेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा तारादेवी भट्टले पब्जी, फ्री फायरजस्ता एप्लिकेसन बन्द गराउन माग गरेकी हुन् ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिका इन्टरनेटको लतमा फसेको र मानसिक असर पर्ने भएकाले यस्ता एप्लिकेसन बन्द गर्नु परेको उनले बताइन् ।

यसअघि प्रतिनिधि सभाको बैठकका आशाकुमारी विश्वकर्माले पनि पब्जी बन्द गर्न प्रस्ताव गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय