• विजय कुमार साह

जनकपुरधाम— धनुषा प्रहरीको हिरासतमा भएको थुनुवा मृत्यु घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानीयबासिन्दाले जनकपुर ढल्केवर सडक खण्डमा सोमबार पनि टायर बालेर प्रदर्शन गरेका छन्।

धनुषाको लक्ष्मीनियामा आज दिनको १२ बजेदेखि साँझसम्म स्थानीय बासिन्दाले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रहरी हिरासतमा भएको थुनुवा मृत्यु घटनाको निष्पक्ष छानविन, दोषीमाथि कारबाही तथा क्षतिपुर्तिको माग गर्दै स्थानीयबासीले एम्बुलेन्स र सञ्चारका गाडी बाहेक अन्य सवारीसाधन चलाउन पूर्णरुपमा रोक लगाएका थिए।

दाजुभाइको विवादमा ज्यानमार्ने तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका धनुषाको लक्ष्मीनियाँ गाउँपाकिला २ सिनुरजोडाका ४२ वर्षीय पल्टु रविदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षको शौचालयमा मृत फेला परेका थिए।

शौचालयमा गञ्जीले पासो लागि झुन्डिएको अवस्थामा रविदास मृत भेटिएका थिए। परिवारजन र गाउँलेले रविदासको हत्या भएको दावी निरन्तर बिरोध प्रदर्शन गर्दै आएका छन्।

आफन्तजन तथा गाउँलेले शुक्रबार पनि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका थिए। प्रहरीले भने उनले आत्महत्या गरेको बताउँदै आएका छन्।

धनुषा जिल्ला अदालतले रविदासलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर विपन्नताको कारण रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य भएका थिए।

सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला उनी हिरासतमै मृत भेटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय